इनड्राईभको आधिकारिक कार्यालय ललितपुरको कुपण्डोलमा

राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरको कुपन्डोलमा आफ्नो आधिकारिक कार्यालय स्थापना गरेको छ ।

कम्पनीले एक कार्यक्रम गरी पूर्व मन्त्री प्रकाश ज्वालाको उपसिथतिमा कार्यालयको उद्घाटन गरेको हो । चालकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न र उच्चस्तरीय सेवा प्रदानका लागि नियमित प्रशिक्षण लगायतका कार्यक्रमहरु उक्त कार्यालयबाट हुने उद्घाटनकाक्रममा जानकारी दिइएको थियो । आफूलाई केही समस्या भएका चालकहरुले कार्यालयबाट सहयोग लिनसक्ने पनि कार्यक्रममा जानकारी दिइयो ।

इनड्राइभ क्षेत्रीय निर्देशक मार्क टोलीले नेपालमा आफ्नो कार्यालय स्थापना गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यालयबाट चालकलाई प्रशिक्षण तथा राइडरहरूका सुरक्षा केन्द्रित सेवा प्रदान गरिने बताए । त्यसैगरी इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु कम्पनीको प्राथमिकता रहेको धारणा राखिन् । इनड्राइभमार्फत चालक–केन्द्रित, पारदर्शी र समुदाय आधारित सेवा प्रदान गरिने प्रतिबद्धता समेत उनले जनाइन ।