रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा नेपाल डेरी एसोसिएसन बीच भएको सम्झौता बमोजिम गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गको ओरेन्ट क्याफेमा प्रत्येक हप्ताको शनिवार सञ्चालित रैथाने कृषि हाटबजार सञ्चालनको १०० औं हप्ता पुगेको छ ।
यस सुभ अवसरमा आज आयोजित एक कार्यक्रममा कृषि तथा पशुपछीं विकास मन्त्रालयका माननीय कृषि मन्त्री रामनाथ अधिकारज्यूबाट ू कृषि हाट बजार मेलामा हरेक हप्ता निस् शुल्क मोही सेवन गराई मोहीको मौलिकता, बजारीकरण तथा प्रबर्द्धनमा नेपाल डेरी एसोसिएसनले प्रत्यक्षरुपमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै एसोसिएसनलाई केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल मार्फत विशेष सम्मान गरिएको छ ।
नेपालीहरुको मौलिक खाद्य पेय पदार्थको रुपमा रहेको मोहीको मौलिक उपभोगमा जनचेतनाको अभिवृद्धि गर्दै यसको फाइदाका बारेमा भोलिका दिनहरुमा समेत निरन्तर अभियन सञ्चालन गर्ने कुरा सम्मानित दाहालले कार्यक्रममा बोल्दै भन्नु भयो ।
विगत २ वर्षदेखि सञ्चालनमा आएको यस कृषि हाट बजारले रैथाने कृषि उत्पादनमा बढवा र उपभोक्ताहरुमा स्थानीय कृषि उत्पादन उपभोगमा सहयोग र प्रबर्द्धन गरेको कुरा कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय कृषि मन्त्रीले बताउनुभयो।
मोफसल क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालित यस कृषि हाट मेलाले राजधानीका उपभोक्ताहरुलाई स्थानीय रैथानी कृषि उपजको सरल सहज उपलब्धतामा पहुँच पुर्याएको कुरा अर्का मोही अभियान्ता एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताउनुभयो।