दुई लघुवित्तलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति प्रदान

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले गत जेठ २२ गते यी दुई लघुवित्तलाई मर्जर प्रयोजनको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तले मर्जरका लागि गत फागुन महिनामा प्रारम्भिक सम्झौता गरेका थिए ।