प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि घरजग्गा कारोबारमा गरिएको कडाइ हटेको छ।
चौतर्फी दवावपछि अनिवार्य बैंक स्टेटमेन्ट तथा भूक्तानी विवरणको नीति हटाइएको हो। विभागले यसअघि जारी गरेको निर्देशनमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट अनिवार्य चाहिने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गरी अब अत्यन्तै लचिलो बनाइएको छ ।