विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंकको वृक्षारोपण

बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले कोशी प्रदेशको विराटनगरमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार विश्व वातावरण दिवस २०२५ को अवसरमा बैंकले नम्बर ८ स्थित विश्वकर्मा चोकमा करिब सयभन्दा बढी प्रजातिका बिरुवा रोपेको हो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरहरूमा सहयोगहरू गरिसकेका छ।