विदेशमा लगानी गर्न दिने विषयमा थप प्रस्ट नीति ल्याउन माग :उद्योग बाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले नेपालीलाई विदेशमा लगानी गर्न दिने विषयमा थप प्रस्ट नीति ल्याउन माग गरेको छ । सरकारले गत १५ जेठमा आगामी आर्थिक वर्ष ०८२र८३ को बजेट ल्याउँदै नेपालीलाई विदेशमा लगानी गर्न दिने घोषणा गरेको छ ।

बजेटमा नेपाली निर्यातकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गर्न दिइने तथा त्यस्तो लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत रकम देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था समेटिएको छ । यसबारे थप प्रस्ट पार्न आवश्यक रहेको महासंघले जनाएको हो । बजेटमा धेरै कुरा सकारात्मक छ निजी क्षेत्रका अधिकांश मागहरु सम्बोधन गरेको देखिन्छ तर केही कुरामा प्रष्ट पार्नुपर्ने महासंघले जनाएको छ ।