प्रभु बैंक र दोलखाको जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शाबाट विशेष छुट सुविधा पाउने भएका छन् ।दोलखामा रहेको होटल यार्सालाई सगरमाथाको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ ।सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा कोठा बुकिङमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
प्रभु बैंकले कर्मचारी तथा ग्राहकको सुविधालाई मध्यनजर गर्दै देशव्यापी रुपमा विभिन्न निकायसंग साझेदारी गर्दै आइरहेको छ