वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित ६ जना कानुन व्यवसायीलाई दुर्गा प्रसाईँलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।
काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईँलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने डा। आचार्यसहितका कानुन व्यवसायी माग गरेका हुन्।
प्रसाईँको तर्फबाट बहस गरेका आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलाल लगायत ६ जनाले बहस गरेका छन्। तीनकुने घटनामा प्रसाईँको हिसात्मक गतिविधिमा प्रत्येक्ष संलग्नता नरहेको दाबी उनका वकिलले इजलास गरेका छन्।
प्रसाईंलाई राज्यविरुद्धको कसुरसहित कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठीत अपराध र एकीकृत कसुरमा पनि सजाय गर्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ।