नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताउनुभएको छ ।
आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको उल्लेख गर्नुभयो ।
फरक प्रशंगमा सभापति देउवाले गाउँ रित्तो भइसकेको जनाउँदै अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको जनाउनुभयो ।
सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको उहाँको भनाई थियो।
पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने देउवाले स्पष्ट पार्दै नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरू बनाउनुपर्ने बतानउुभयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेकोले हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेकोमा दुखेसो पोख्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो। तर अब अहिले गाउँ नै रित्तिसक्यो। गाउँ छैन। कोही गाउँमा बस्न तयार छैन। सबै तराईमा आइसकेका छन्। पहाडमा बस्न कोही तयार छैनन्। पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ। हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ।’