थुनामा रहेका दुर्गा प्रसाईबारे यस्तो भन्छन् कमल थापा …

विगतमा के पि ओली र प्रचण्डसँग नजिक रहेका दुर्गा प्रसाईले पछिल्लो २ वर्षमा हिन्दुराष्ट्र र राजसंस्था पुन स्थापना एवं भुईमान्छेका समस्याहरु उजागर गर्ने तथा आम जनताको माझमा पुर्‍याउने काममा महत्वपूर्ण योगदान दिएका छन्।

चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँनयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साध्ने काम गरेको छ।दुर्गा प्रसाईलाई तत्काल रिहा गरियोस थापा पनि केही दिन अघि पक्राउ परी रिहा भएका थिए ।