नेपाली काग्रेसका मिनेन्द्र रिजाल बौद्धिक नेताका रुपमा मानिने नाम हो ।
पछिल्लो समय राजनीति बाट अलि टाढा बसेर हेरिरहेका मिनेन्द्र पार्टीभित्र वा बाहिर सबैले मान्ने नेतामा पर्दछन् उनै मिनेन्द्र भन्छन् केपी ओली र देउबाको यो गठबन्धनलाई कसैले चाहेर पनि भत्काउन सक्दैन निडर भएर कमसेकम सविधान संसोधनका मुद्दा मिलाउने अर्थतन्त्रका समस्यामा एकमत हुने गरी काम गर्नुपर्ने थियो चुक्नुभयो केपी जी र देउवा जी आफ्नो पार्टीमा पनि बलियो हुनुहुन्छ तर सरकार चलाउन चुक्नुभयो सरकार अङ्कमा शक्तिशाली भयो काममा भएन भन्दै रिजालले सरकारको आलोचना गरेका छन् ।