लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।बैंकको वातावरण संरक्षणप्रति प्रतिबद्धता सार्वजनिक गरिएको यो प्रतिवेदनले दिगोपनतर्फको बैंकको रणनीतिक यात्रालाई थप स्पष्ट बनाएको जनाइएको छ ।
बैकले कार्बन एकाउन्टिङ फाइनान्सियल पीसीएफ विधि अनुसार तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण विश्लेषण गरिएको छ ।
जलवायु संकट सामना गर्न बैंकले चालु आव ‘मिसन १०,०००’ अभियान अन्तर्गत वृक्षारोपणको महत्त्वाकांक्षी योजना अघि सारेको छ । हालसम्म यस अभियान अन्तर्गत ७ हजार ५ सयभन्दा बढी रुख रोपिइसकेको बैंकले जनाएको छ । बाँकी वृक्षारोपण कार्य आगामी महिनामा सम्पन्न गरिने छ । बैंकले वातावरणका क्षेत्र सुधारका लागि यता विभिन्न कामहरू गर्दै आइरहेको छ ।