बढ्यो रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति तर बजारमा पूँजी फ्लो भएन

चालू आर्थिक वर्षमाको दश महिनामा साढे १३ खर्ब भन्दा माथि रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१र८२ को दश महिनामा विप्रेषण आप्रवाह १३।२ प्रतिशतले वृद्धि भई रु।१३५६ अर्ब ६१ करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६।९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह रु।१६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु।११५ अर्ब ९९ करोड रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति वैशाख मसान्तमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा यस अवधिमा १९।६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।