२०८२ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४।४० प्रतिशत रहेको थियो । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३।४५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमश: ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो। पछिल्लो केही महिनायता मूल्यवृद्धि घट्दो क्रममा थियो ।