शेयर बजारमा हरियाली सँगै कारोबार रकममा वृद्धि

मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार २३.१९ अंकले बढेको नेप्से परिसूचक आज २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको हो।

नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ आज १० अर्ब भन्दा बढीको कारोबार भएको छ ।