कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा सहरी विकास मन्त्रि प्रकाशमान सिंहले बुवा गणेशमानको नाममा बनाइने स्मृति भवनदेखि लिएर विभिन्न पूर्वाधारहरू निर्माण गर्न ७८ करोड रूपैयाँ बजेट विनियोजन गरेका समाचार बाहिरिएका छन् ।
बेलाबेला विवादमा आइरहने प्रकाशमान यसपटक आफ्नै परिवारको सदस्यको नाममा बन्ने भावनामा बजेट विनियोजन गर्दा चर्चामा आएका छन् यद्यपि नेपाली राजनीतिक इतिहासमा र पञ्चायतकालमा राज्यलाई आफ्नो ज्यान समर्पित गर्ने गणेशमानलाई यसरी नकारात्मकताको भुमरीमा पार्नु भने गलत हो ।