अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ । गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन आग्रह गरेको स्रोतले जनाएको छ फ्रान्समा भएको काण्ड फ्लिम फेस्टिवलमा जादा महानगरबाट अनियमितता भएको जानकारी अख्तियारलाई प्राप्त भएको छ .