एभरेष्ट बैंक लिमिटेडले नेपालको राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’मा आबद्ध हुँदै डिजिटल कारोबारमा नयाँ फड्को मारेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड सँग एनपिएस नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गर्दै बैंकले आफ्नो प्रणालीलाई राष्ट्रिय कार्ड नेटवर्कमा जोडेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले पछिल्लो समय डिजिटाइजेशनमा उल्लेख्य काम गरिरहेको छ ।