सिवाकोटी समितिको सुझाव नेप्सेको पुनर्संरचना गर्नुपर्छ

नयाँ स्टकको लाइसेन्सबार निर्णय गर्न ९ माघ ०८० को मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरकोे थियो ।

समितिले गत वैशाख ०८१ मा प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन कार्यान्वयन गर्न यसअघि नै बोर्डमा पठाइएको थियो । नेपाली बजारमा थप एउटा स्टक एक्सचेन्ज कम्पनी थप गर्नुपर्ने समितिको सुझाव छ ।

नयाँ स्टक एक्सचेन्जको प्रवेशले प्रतिस्पर्धा निम्त्याउने हुँदा प्रतिस्पर्धी वातावरणमा आफ्नो अस्तित्व जोगाउन सक्षम हुन (नेप्से)को पुनर्संरचना गर्नुपर्ने पनि समितिको सुझाव छ ।

 

photos by;the sharesansar