नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले तीनदिने नि:शुल्क सर्भिस क्याम्प आयोजना गरेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरूलाई लक्षित गर्दै २७ जेठ जारी सर्भिस क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीद्वारा तोकिएका गाडीमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत नि:शुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकले विभिन्न सेवा–सुविधामा विशेष छुट पनि प्राप्त गर्न सक्ने बताइएको छ ।
जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पार्टस्मा ७ प्रतिशत, लुब्रिकेन्टमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्टपेन्ट सेवामा १० प्रतिशत छुट पाइनेछ । यसैगरी, एचडिएस स्क्यान सेवासमेत नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।