विगत लामो समयदेखि ग्राहकहरुकालागि विभिन्न सुविधा दिँदै आइरहेको कुमाारी बैंक लिमिटेड र भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरबिच एक सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिनेछ ।
यातायात व्यवस्था कार्यालय ठुलोभर्याङले सवारीचालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्चमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।