हिमालयन बैंकको लमजुङ स्थित गौडा शाखा स्थानान्तरण

हिमालयन बैकले गौडा, लमजुङ शाखा स्थानान्तरण गरेको छ ।

नजिक भएका शाखा सञ्जालमध्ये गौडा शाखालाई स्थानान्तरण गरी दुधपोखरी गाउँपालिका– ५, जोर्ने लमजुङमा स्थानान्तरण गरेको छ ।

स्थानान्तरणपछि दुधपोखरी शाखाका नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।