सरकारको नेतृत्व भएपनि नियुक्तीमा कांग्रेस ठूलो : प्रम ओली झोले

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री (प्रम) भएपनि विडम्बनाचाहिँ राजनीतिक नियुक्तीमा सरकारको साझेदार नेपाली कांग्रेसको बढी देखिएका छन् ।

तसर्थ ओलीको पार्टी नेकपा एमालेका कार्यकर्ता पीडामा छन् । त्यसैले ओलीबाट सम्बोधित झोले भनिन बाध्य भएका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीको झोले भनेपछि अधिकांश नेता, कार्यकर्ताले आफूलाई झोलेको संज्ञा दिए ।

अनि सरकारले गर्ने राम्रा र आकर्षक नियुक्तिहरूमा भने कांग्रेसका मान्छेलाई राख्नैपर्ने । यस्तो स्थितिमा एमालेको नेता, कार्यकर्ता भएर बाँच्नुको पीडा उनिहरुले गरेको राजनीतिज्ञहरुले बताउँछन् ।

बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डको अध्यक्ष, सूचना आयोगको अध्यक्ष र गभर्नरजस्ता पद नेपाली कांग्रेसलाई जिम्मा लगाउनुपर्दाको अप्ठ्यारो महशुष स्वत:देखिएको छ ।