सञ्चारकर्मी तथा गीतकार डब्बु क्षेत्रीले आधुनिक गीत माया हो माया सार्वजनिक गरेका छन्।राजधानीमा हालै आयोजित पाँचौ संस्करणको नेपाल म्युजिक एण्ड फेसन अवार्ड कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले सो गीत सार्वजनिक गरेका थिए। पूर्व प्रधानमन्त्री नेपालले गीत निकै माधुर्य रहेको चर्चा गरे।
गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। रोमाञ्चक भावको गीत गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा छ। गीतमा संगीत संयोजन जुगल डंगोलको रहेको छ। गीतकार क्षेत्रीले नै निर्देशन गरेको गीतको भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका एवम् मोडल सरिता भारतीले अभिनय गरेका छन्।
भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन तथा दिव्यराज सुवेदीको छायांकन रहेको छ। कर्णालीको सुन्दरता प्रवद्र्धन गर्ने उद्देश्यले गीतको भिडियो ती क्षेत्रमा छायांकन गरिएको गीतकार क्षेत्रीले बताए।