छिमेकी मुलुक भारतमा जहाज दुर्घटना भएको छ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटना भएको हो।
लन्डनका लागि उडेको यो विमान शहरको मेघानी क्षेत्रमा खसेको बताईएको छ। दुर्घटनास्टलमा ठूलो कालो धुवाँको मुस्लो देखिएको थियो।
प्रारम्भिक रिपोर्टहरूका अनुसार, यो वाइड(बडी बोइङ ७८७ ड्रीमलाइनर विमानको क्षमता करिब ३०० यात्रुको थियो र दुर्घटनाको समयमा यसमा २४२ जना सवार थिए। यो उडानले लामो दूरीको यात्राका लागि धेरै इन्धन भरिएको थियो।
घटनाको थप विवरण आउँन भने बाँकि छ ।