एयर इन्डियाको दुघर्टना भएको विमानमा सवार २४२ जनाको मृुत्यु

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृुत्यु भएको छ। समाचार एजेन्सी एपीले गुजरातका प्रहरी कमिश्नरलाई उद्धृत गर्दै विमानमा सवार कोही पनि जीवित नरहेको पुष्टि गरेको हो। दुर्घटनास्थलबाट निकालिएका अधिकांश सबै शबहरु जलेको अवस्थामा भेटिएका छन्, जसकारण मृतकहरूको शव पहिचान गर्न सार्है कठिन भइरहेको छ। त्यहाका जानकारहरूको अनुसार, शुवहरूको पहिचान अब डीएनए परीक्षणपछि मात्र सम्भव हुनेछ।