चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ३९ जना प्रतिवादीविरुद्ध जेठ ११ गते मुद्दा दायर गरी बयान शुरू भएको थियो। त्यसपछिको थुनछेक बहस जेठ २० देखि निरन्तर जारी रहँदै आज अपरान्ह ५ बजे सकिएको हो।
आजै आदेश आउने भनिए पनि बहस ढिलो गरी सकिएको र प्रतिवादीको संख्या धेरै भएकाले आदेश तयार गर्न समय लागिरहेको अदालत स्रोतले जनाएको छ। अहिलेसम्म आदेश आउन सकेको छैन।आज आदेश नआए शुक्रबार आउने प्रबल सम्भावना छ दुर्गा प्रसाईलाई हत्यारा ज्यान मार्ने मुद्दा लगायत कसुर गरिएको थियो ।