नेपाल एसविआई बैंक र एनसीएचएलबीच सम्झौता

नेपाल एसविआई बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सोमबार सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपाल पे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्विच एकीकृत गर्न सकिने बैंकले जनाएको छ बैंकले देशभर सय शाखा बाइस एक्सटेन्सन काउन्टर उण्डाइस शाखारहित बैंकिङ तथा सात प्रादेशिक कार्यालय र एकसय पचिस एटीएम बाट वित्तीय सेवा दिँदै आइरहेको छ ।