नेपाल मेडीसिटीमा कलेजो प्रत्यारोपण शुरू पहिलो प्रयास सफल

  • Clock icon
    २०८२ जेष्ठ ३०, शुक्रबार

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने निकै ठूलो विषेशज्ञ टोलीको आवश्यकता पर्दछ ।
पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । प्रत्यारोपण गर्दा कलेजो दाता डोनर को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता रिसिभर को १३ घण्टा लागेको थियो । उपचार टोलीमा भारतीय चिकित्सकहरु पनि सहभागी रहेका थिए ।