बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ का लागि आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उनले सार्वजनिक गरेको सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा प्रदेश अगाडि रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय दुई हजार ६०२ अमेरिकी डलर रहेको छ ।
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ ।