कुनै संस्था स्थापनाको २५ वर्ष पूरा हुनु ठूलोकुरा हो : गभर्नर डा विश्वनाथ पौडेल

IME bishwo poudel

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले नेपालको परिप्रेक्ष्यमा २५ वर्ष कुनैपनि संस्था एकनास चल्नु त्यसमाथि पनि हरेक वर्ष ग्रोथ गर्दै जानु एकदमै ठूलो कुरा रहेको बताउनुभएको छ ।
आइएमई लिमिटेडले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आइएमई समुहले गरेको प्रगति तथा दु:खको बारेमा उल्लेख गर्दै गभर्नर पौडेलले आफ्नो व्यक्तिगत तर्फबाट तथा नेपाल राष्ट्रबैंकको तर्फबाट आइएमई ग्रुपलाई साथ सहयोग सल्लाह सुझाव जे पर्छ आफू तत्पर रहने बताउनुभएको छ ।
आइएमाई एक यस्तो संस्था हो जसले नेपालमा विदेशबाट पैसा पठाउने नेपालीहरूलाई सहज सरल विश्वसनीय विप्रेषणमा सहयोग गर्दै नेपाल सरकार तथा राष्ट्र बैंकमा रेमिट्यान्समा नीतिगत कामहरु गर्न सिकाउँदै सबैको जितेको छ । यतिसम्मकी विप्रेषणको पर्यावाची शब्द नै आइएमई बनेको छ ।