कागेश्वरी मनोहरा नगरपालिकामा लोकप्रिय बन्दै – श्री गौरीशङ्कर एकता सेवा समाज

विश्व रक्तदान दिवसको अवसर पारेर शनिवार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ शिवम् मार्गमा अवस्थित श्री गौरीशंकर एकता सेवा समाजले कान्तिपुर अस्पतालको प्राविधिक सह‌योगमा रक्तदान कार्यक्रम र वन डिभिजन कार्यालय ललितपुरको प्राविधिक सह‌योगमा विभिन्न जात‌का करिव ४०० विरुवा रक्तदान गर्ने तथा सहभागीहरुलाई वितरण गरेको थियोे ।

सामाजिक काममा सक्रिय यस समाजले रक्तदान जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा जम्मा ६२ जनाले रक्तदान गरेका थिए समाजका अध्यक्ष टंकनाथ पौडेलका अनुसार कार्यक्रममा टोल बासीहरुको उल्लेखनीय सहभागीताले थप सामाजिक कार्यमा लाग्न जिम्मेवारी बोध भएको बताउनु भयो ।

रक्तदान कार्यक्रमको प्रमुख अतिथी अर्थ समिती सभापति तथा संघिय सांसद सन्तोष चालिसे विशेष अतिथी बागमती प्रदेस सभा सदस्य तथा पुर्व प्रदेश बन तथा वाताबरण मन्त्री राजु बिष्ट बागमती प्रदेस सभा सदस्य माननीय सुनिल के सी डिभिजन बन कार्यलय ललितपुरका रेन्जर सुनिल आचार्य, सक्रिय रानीधारा टोल सुधार समितिको अध्यक्ष साबित्रा प्रधान, कागेश्वरी मनोहरा नगरपालिका वडा न ७ का वडा सदस्य जानुका चाँपागाइ, भजनमन्डलीका अध्यक्ष उमा रेग्मी भट्टराई लगायतहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

स्थापनाको छोटो समयमा सामाजिक कार्यमा अग्रसर यस समाज नगरपालिकामा लोकप्रिय बन्दै गएको छ।

समाचार – कृष्णप्रसाद धिताल