ललितपुरको ग्वार्को स्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केहि ढिला भएको बताउनु भयो । यसै गरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उहाँले जनाउनुभयो ।
निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा। विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहि दिन भित्रमौ सार्वजनिक यातायात सञ्चालन गरिने बताउनु भयो ।यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाईडर राख्ने तथा केहि सामान्यकामहरु बाँकि छ । २्३ दिन भित्रै बाँकि कामहरु पूरा भए पछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उहाँले जनाउनु भएको छ ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिनु भएको थियो । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।