नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नैतिकताको प्रश्न नसोध्न आग्रह गरेका छन्।
आज आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकैबीच बोलेका नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नैतिकताको प्रश्न उठाइएको विषयमा आपत्ति जनाएका छन् ।
अख्तियारले छानबिन गरिरहेको विषयमा गृहमन्त्रीको राजीनामा माग्दै होहल्ला गर्दै आएको छन्। कर्मचारीमाथि छानबिन भइरहेको विषयमा नैतिकताको आधारमा मन्त्रीको राजीनामा माग्ने साथीहरूले पाँचपाँचवटा अदालतमा सहकारी ठगी सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालदतल थुनामा राखे पूर्पक्ष गर्न पठाएको व्यक्ति आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्ने कुन नैतिकताले दियो ?
निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिम रवि लामिछानेकै जो जेलमा हुनुहुन्छ। उहाँ नै सभपति पदमा हुनुहुन्छ त्यो पार्टीले अहिले कसैलाई नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ? प्रश्न उठाएका छन् ।