होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल स्थित उक्त होटलमा छुट दिने सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी तथा परिवारजन र ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन ।
बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई मध्यनजर गरी धेरै संस्थाहरुसँग सहकार्य गर्दा आइरहेको छ ।