कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज काउली, भिण्डी, च्याउ, बोडीसहितका तरकारीको मूल्य बढेको छ। परबलसहित केही तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६७, ठूलो भारतीय गोलभेँडा ९७, सानो लोकल गोलभेँडा २५, टनेलको गोलभेँडा ३९, रातो आलु ४०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ७९, बन्दा ३०, स्थानीय काउली ५०, सेतो मुला २७, लाम्चो भन्टा १५, डल्ले भन्टा ३१, तने बोडी २७, मकै बोडी ३६ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला २९, परबल २५, घिरौँला २६, झिँगुनी ४०, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २८, पाकेको फर्सी ३९, भिन्डी २६, कन्य च्याउ १६७, डल्ले च्याउ ३३७, ब्रोकाउली ५०, न्युरो २६, कुरिलो २७० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ९४, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४३, रातो आलु ३९, सुकेको भारतीय प्याज ४२, लोकल गाँजर ७३, बन्दा ३३, स्थानीय काउली ४५, रातो मुला ३०, सेतो मुला २५, लाम्चो भन्टा १२, डल्ले भन्टा २१, तने बोडी १५, मकै बोडी ४९ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ३१, परबल ३०, घिरौँला २५, झिँगुनी ४५, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २४, पाकेको फर्सी ४०, भिन्डी १७, कन्य च्याउ १५२, डल्ले च्याउ २७०, ब्रोकाउली ५२, न्युरो २६, कुरिलो २७५, सिताके च्याउ ८६६, राजा च्याउ २९२ रुपैयाँ प्रतिकिलो थियो।