धेरै कमाउने निर्मातालाई सम्मान गरिँदै

चलचित्र विकास बोर्डले पाँच करोड रुपैयाँभन्दा माथि आम्दानी गर्ने दुई दर्जन बढी चलचित्रका निर्मातालाई सम्मान गर्ने भएको छ । आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बोर्डले सर्वाधिक कमाई गर्ने २५ वटा चलचित्र निर्मातालाई सम्मान गर्न लागेको हो ।

बोर्ड स्थापना भएको मितिदेखि गत जेठ मसान्तसम्म रिलिज भएको चलचित्रलाई पुरस्कृत गरिने बोर्डले जनाएको छ । त्यसका लागि बोर्डले आगामी सात दिनभित्र स्वदेशी चलचित्र निर्माण कम्पनी वा वितरकलाई आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ ।

बोर्डका अनुसार चलचित्र निर्माण कम्पनीको सम्बन्धित वर्षको अडिट रिपोर्ट र चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्नेछ । पहिलो २५ मा पर्ने चलचित्रलाई सम्मान गरिने बोर्डले स्पष्ट पारेको छ ।

‘चलचित्र विकास बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा पछिल्लो २५ वर्ष (बोर्ड स्थापना २०५७ असार १६ गतेदेखि २०८२ साल जेठ मसान्तसम्म) मा देशभित्र स्वदेशी चलचित्रको कुल व्यापार ५ ९पाँच करोड० भन्दा माथि भएका अधिकत्तम व्यापार गर्ने पहिलो २५ चलचित्रका निर्मातालाई सम्मान गर्ने’,जारी सूचनामा उल्लेख छ ।