हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाइएको विषय गम्भीर र आपत्तिजनक छ जनताले गरगहना किन्नै नसक्ने वातावरण सरकार आफैंले सिर्जना गर्न लागेको बताउनुभएको छ ।
सरकारले असमान व्यवस्था लागू गर्दा व्यवसायी भन्दापनि आम जनतालाई असर गर्ने भन्दै तत्काल बजेटमा भएका गहना सम्बन्धीका असमान नीति हटाउन माग गर्नुभएको छ । साथै उहाँले यस व्यवस्था लागू हुने हो भने सरकारको राजस्व र यस क्षेत्रबाट सिर्जित रोजगारी पनि गुम्ने खतरा रहेको बताउनुभएको छ ।
( शक्ति कुमार वेगानी नेपाल रत्न तथा आभूषण संघमा आबद्ध हुनुहुन्छ )