कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज काउली, बोडीसहितका तरकारीको मूल्य बढेको छ। तर, च्याउसहित केही तरकारी भने थोरै सस्तिएका छन्। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७१, ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ३९, रातो आलु ४०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ७७, बन्दा २९, स्थानीय काउली ५६, सेतो मुला २०, लाम्चो भन्टा १७, डल्ले भन्टा ३१, तने बोडी २४, मकै बोडी ४६ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला २८, परबल २६, घिरौँला ३२, झिँगुनी ४१, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २५, पाकेको फर्सी ४०, भिन्डी ३२, कन्य च्याउ १४५, डल्ले च्याउ ३३६, ब्रोकाउली ५८, न्युरो २८, कुरिलो ३०० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६७, ठूलो भारतीय गोलभेँडा ९७, सानो लोकल गोलभेँडा २५, टनेलको गोलभेँडा ३९, रातो आलु ४०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ७९, बन्दा ३०, स्थानीय काउली ५०, सेतो मुला २७, लाम्चो भन्टा १५, डल्ले भन्टा ३१, तने बोडी २७, मकै बोडी ३६ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला २९, परबल २५, घिरौँला २६, झिँगुनी ४०, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २८, पाकेको फर्सी ३९, भिन्डी २६, कन्य च्याउ १६७, डल्ले च्याउ ३३७, ब्रोकाउली ५०, न्युरो २६, कुरिलो २७० रुपैयाँ प्रतिकिलो थियो।