गृह मन्त्री रमेश लेखकले डा केशव श्रेष्ठसंग भेट गरी उनका समस्याहरूको बारेमा जानकारी लिएका छन् ।
हिजो फेसबुकमा सबैलाई अलविदा भनेर लामो स्टाटस लेखेर हराएका डा केशव श्रेष्ठलाई प्रहरीले तिव्ररूपमा खोजी गरेर बालाजुबाट उद्धार गरेको थियो । केशवले राज्य संयन्त्र लगायत अन्य कारणहरूले पनि आफूलाई पीडित बनाएको जनाएका थिए ।