स्मार्ट च्वाइस टेक्नोलोजिले आफ्नो कार्ड प्रयोगकर्ताहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, यस संस्थाका कार्डधारीहरूलाई मौलाकालिका केवलकार प्रयोग गर्दा १० प्रतिशत छुट हुनेछ ।
केही समय अघि देखि सञ्चालनमा आएको मौलाकालिका केबलकार सेवामा यो छुट लागू गरिँदैछ। यस छुटको लाभ उठाउन, ग्राहकहरूले एससिटी युपिआई कार्ड मार्फत पिओएस बाट टिकेट खरिद गर्नुपर्नेछ।