दिलभूषण पाठकलाई उपस्थित हुन साइबर ब्युरोको सूचना

दिल भुषण पाठक

पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ।

हिजोदेखि सम्पर्क बिहिन भएका पाठक भागेको हो कि भन्ने शंका सामाजिक सञ्जालमा आएको थियो ।

पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गर्दै मंगलबार सूचना जारी गरिएको साइबर ब्युरोले जनाएको छ ।