पुलिसमा केटी काण्ड

कास्कीको लामपाटनमा भान्जी काण्ड लागेर एक हाकिम जेल गएलगत्तै शान्ति स्थापनार्थ साउथ सुडानमा तैनाथ नेपाली सशस्त्र प्रहरीका कमान्डर एसएसपी रवीन्द्रराज कर्णजितमाथि गम्भीर आरोप लागेको छ ।

एक वर्षअघि सुडान पुगेका उनीमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि युएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको हो ।

उनीमाथि त्यहाँको एक रेस्टुरेन्ट टुकुलमा ती नर्वेजियन महिला कर्मचारीको गोप्य अंगमा स्पर्श गरेको आरोप छ ।

कर्णजीतको व्यवहारबाट रिसाएकी ती महिलाले त्यतिखेर नै हंगामा मच्चाएकी थिइन् । ती महिलाले पछि युएन उजुरी दिएपछि मात्रै अभद्र व्यवहारको रहश्य खुलेको बुझिएको छ ।

युएनले यसवारे महानिरीक्षक राजु अर्याललाई घटनाकाबारेमा जानकारी पठाएको बुझिएको छ ।