स्कटल्याण्डमा चलचित्र महोत्सव–२०२५ हुने नेपालबाट एप्रोन सहित अन्य फ्लिम सहभागी हुँदै

नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते १९ जुलाई २०२५ शनिवार हुन लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको छ ।

महोत्सवमा १५ वटा सर्ट फिल्म, पाँच वटा वृत्तचित्र, १३ वटा आदिवासी जनजाति फिल्म तथा आठ वटा आदिवासी जनजातिका कथा लिएर मुलधारमा बनेका फिल्मसहित ४१ फिल्म सहभागी हुने भएका छन् ।

छोटो चलचित्र सर्ट फिल्म एप्रोन निर्देशक कृष्णप्रसाद धिताल बेङठा निर्देशक ईन्द्र बहादुर परियार, डेभिनेसन निर्देशक गोपाल आचार्य, अदेख निर्देशक अयुब केसी, जंगलमा निर्देशक विवेक रामदाम, खिल निर्देशक विकास मगर, कलर अफ टि निर्देशक राज कुमार लामिछाने, द ब्ल्याकपिग निर्देशक नवीन मेन्याङबो, लौलसा परहेके निर्देशक बिनोद पुडासैनी,द ब्लु स्काई निर्देशक निर्मल पौडेल, फेके मदर टंग, निर्देशक टोमा लामा, माता निर्माता उमा कार्की , नाम्लो जर्नी अफ पोटर्स निर्देशक हेमन तामाङ, रिभा निर्देशक प्रसिस बज्राचार्य, सन्ते निर्देशक दिपक तामाङ, टरक्युसी निभ बज्राचार्य रहेका छन् ।

पछिल्लो समय नेपाली फिल्मले विश्वबजारमा आफ्नो उपस्थिति जनाउँदै विभिन्न अवार्ड प्राप्त गर्दै आइरहेका छन ।