आज खडेरी दिवस विश्वभर मनाईयो

यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा २०२५ च्भकतयचभ तजभ ीबलम, ग्लयिअप तजभ इउउयचतगलष्तष्भकू नारा सहित विश्वभर मनाइएको छ ।

भूमिको स्वामित्वमा महिलाहरूको समान अधिकार लाई पैरवी गर्दै लैगिंक समानता र भूक्षय तटस्थताको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्न यस वर्षको लक्ष्य केन्द्रित छ ।

जमिनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाउँमा बसाइसर्ने मान्छेहरूको लर्को पनि संसारले धेरै देखेको छ । जमिनलाई माया गर्न सके जमिनले हामीलाई माया गर्दछ, रुखलाई माया गरौँ अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।

बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न कालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो ।