राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सबै सांसदलाई दलभन्दा माथि उठेर एकजुट हुन आग्रह गरेका छन्।
उनले २०६४ सालदेखि हालसम्मका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि बहालवाला गृहमन्त्री रमेश लेखक लगायत १४ जना गृहमन्त्रीलाई छानबिनमा ल्याउनु आवश्यक रहेको भन्दै यो मुद्दा कुनै दलको नभई सम्पूर्ण नेपालीको साझा सरोकार भएको बताएका छन्।