आलमलाई सफाइ दिने न्यायाधीश न्यायपरिषदमा तानिए

न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जन बिहीबार न्यायपरिषद् तानिएका हुन् । उनीहरूलाई न्यायपरिषदमा तानेर अहिले उपस्थित गराइएको न्यायपरिषद् स्रोतले जनाएको छ । न्यायधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो ।