सुजल फुड्स प्रालिले नयाँ स्वाद र रमाइलो अनुभवसहितको ब्याफी फ्यामिली प्याक नेपाली बजारमा सार्वजनिक गरेको छ। आफ्ना प्रियजनसँग बाँड्नका लागि वा आफैंले रमाइलोसाथ उपभोग गर्न उपयुक्त रहेको यस प्याकमा अझ ठुलो परिमाण, अझ स्वादिलो र अझ कुरकुरे बनावट पाइनेछ।
नयाँ ब्याफी फ्यामिली प्याक दुई अत्यधिक रुचाइएका स्वादहरू, स्ट्रबेरी र चकलेटमा उपलब्ध छ। १२० ग्रामको प्याकको मूल्य मात्र १०० राखिएको छ, जसले यसलाई बजारकै सबैभन्दा सुलभ मूल्यमा उपलब्ध प्रिमियम वेफर बनाएको छ। ब्याफी विशेष गरी प्रिमियम स्वादका स्न्याक्स मन पराउने बालबालिकाका लागि लक्षित गरिए तापनि, सपिङ मल र कनभिनियन्स स्टोरहरूमा स्वादिलो खाजाको खोजीमा रहने गृहिणी तथा अनलाइन वा ई–कमर्समार्फत नियमित रूपमा खाजाको अर्डर गर्ने उपभोक्ताहरूलाई समेत ध्यानमा राखेर बजारमा ल्याइएको हो ।
उच्च गुणस्तरका सामग्रीको समिश्रणमा अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको ब्याफीमा चार तहको कुरकुरो वेफर र तीन तहको स्वादिलो क्रिम प्रयोग गरिएको छ। यसले स्वाद र गुणस्तर दुबैमा नयाँ मापदण्ड कायम गरेको छ। १२ महिनासम्म ताजा र कुरकुरेपन कायम रहने बनावट, तीन तहको धातुयुक्त प्याकेजिङ र ‘सुरक्षा ट्रे’ को प्रयोगले अन्तिम बाइटसम्म स्वाद र कुरकुरेपनलाई सुरक्षित राख्दछ ।