बोल्न पाउनुभएन भित्र है ? प्रधानमन्त्रीले हाँस्दै उल्टै प्रश्न गरे -मज्जा लाग्यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न नपाएको विषयमा बाहिर सञ्चारकर्मीहरूले प्रश्न गरे – आज बोल्न पाउनुभएन भित्र है ? प्रधानमन्त्रीले हाँस्दै उल्टै प्रश्न गरे – “मज्जा लाग्यो”
आजको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम थियो तर रास्वपा र राप्रपाको अवरोधका कारण उक्त कार्यक्रम हटाइएको थियो विगत केही दिनदेखि राप्रपा रास्वपाले गृहमन्त्री लगायत सरकारको रबैयालाई केन्द्रीत गरी सांसदभवन भित्र  आन्दोलन चर्काएका छन ।