टी २० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

टी २० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै छन् । स्कटल्यान्डको ग्लास्गोमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। सिरिजमा दुई जित निकालेको नेपाली टोली अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्यको खोजीमा रहेको छ।